साझेदारी गर्नुहोस्

नियम अनुसारको बिदा नबसेको भन्दै जिल्ला प्रहरी कार्यालय खोटाङले ५ जना प्रहरीलाई स्पष्टीकरण सोधेको छ । प्रहरी नियमावली २०७१ (संशोधन सहित ) मा व्यवस्था भएबमोजिम नियम अनुसारको उपभोग गर्न पाउने बिदा जानुपर्ने भएता पनि ६ महिनासम्म बिदा नलिएको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण सोधिनेहरुमा प्रहरी सहायक हवल्दार सविन थक्लुङ लिम्बू, प्रहरी जवानहरू सागर राई, द्वारिका राई, अनिल परियार र रुपेश तामाङ रहेका छन् ।