साझेदारी गर्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन भत्काउन प्रयास गर्ने घोषणा गरेका छन् । बिहीबार पार्टीको खेलकुद संगठन खेलकुद महासंघको कार्यक्रममा उनले मिसन ८४ को पर्खिन नसक्ने अवस्था आउने र गठबन्धन भत्काएर सरकार ढाल्न कोशिस गर्ने बताएका हुन् । सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन गठबन्धन भत्काउने पहल गर्नुपर्ने उनले बताए ।