साझेदारी गर्नुहोस्

सेयर बजार परिसुचक नेप्से आज एकल अंकले घटेको छ । बुधबार दोहोरो अंकले घटेको नेप्से आज ७ दशमलव २४ अंकले घटेर २ हजार १ सय ५५ दशमलव ८२ विन्दुमा झरेर बन्द भएको हो । आज कारोबार भएका दुई सय ९८ कम्पनीमध्ये एक सय १२ कम्पनीको मूल्य बढेको छ भने एकसय ३३ कम्पनीको मूल्य घटेको छ । २ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।  यसदिन फाइनान्स, हाइड्रोपावर र अन्यबाहेक सबै समूहको सेयर घटेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको सेयर उच्च गिरावट आएको छ । आज तेह्रथुम पावर कम्पनीको सेयर सबैभन्दा धेरै ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।