साझेदारी गर्नुहोस्

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्न नेपालमा सम्भव रहेको बताएका छन् । बिहीवार स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) को २४ औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आगामी दशक ऊर्जा क्षेत्रको विकासको निम्ति विशेष र महत्वपूर्ण अवसर हुने बताए ।

मन्त्री बस्नेतले लगानीमैत्री वातावरण सिर्जना गरेर अघि बढ्नसके ऊर्जा क्षेत्रका समस्या समाधान हुने र थप लगानीका लागि सहज वातावरण बन्ने बताए ।‘सम्भावनाहरुका दृष्टिले हेर्दाखेरि यो एक दशकमा आठ वर्षमा हामीले २१-२२ सय र अझ आगामी तीनदेखि चार महिनाभित्र ४-५ सय मेगावाट उत्पादन गर्नेछौं ।’ मन्त्री बस्नेतले भने,  यो दृष्टिले हेर्दा अहिले १५ देखि १६ महिनाको बीचमा, डेढ वर्षको अवधिमा हजार भन्दा बढी विद्युत उत्पादन गर्नसकने अवस्थासम्म आइपुगेका रहेछौं । यो दृष्टिले हेर्दा आगामी १२ वर्षमा अब हामीले २८ हजार सात सय उत्पादन गर्न सक्दैनौं भन्ने कुरा होइन । हामी उत्पादन गर्न सक्छौं ।’