साझेदारी गर्नुहोस्

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पर्यटन प्रवर्द्धनका लागि पुरानो गाउँको खोजी भइरहेको बताएका छन्। बुधबार मन्त्रालयले आयोजित पत्रकार सम्मेलनमा मन्त्री किराँतीले मन्त्रालयमा आफ्नो एक वर्षका उपलब्धिहरू सार्वजनिक गर्दै ६० वटा भन्दा पुराना गाउँको खोजी कार्य अगाडी बढाएको बताएका हुन्।

मन्त्री किराँतीले नेपालको पर्यटन प्रकृति, संस्कृति र साहसिक पक्षको सम्मिश्रण भएकोले पुरानो गाउँ खोजी गरेर नयाँ गन्तव्य पर्यटकीय गन्तव्य पहिचान गर्ने अभियानमा मन्त्रालयले काम गरिरहेको बताए। यसका लागि कार्यविधि तयार भइसकेको मन्त्री किराँतीले पत्रकार सम्मेलनमा जानकारी दिए।