साझेदारी गर्नुहोस्

निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुन शमशेर जबराको अध्यक्षतामा बसेको आयोगको बैठकले नेपाल सरकार र गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।