राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सवारी दुर्घटना न्यूनीकरणका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ । आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई पत्र लेखी माघ २८ गते एकैदिन दाङको भालुवाङ, काठमाडौँको चन्द्रागिरि र बागलुङको ढोरपाटनमा भएका सवारी दुर्घटनामा २० जनाको ज्यान गएको सन्दर्भ उल्लेख गर्दै यसलाई सामान्यरूपमा नलिन रास्वपाले आग्रह गरेको छ । सो पार्टीका महामन्त्री तथा प्रवत्ता डा मुकुल ढकालले यस वर्षको मङ्सिरसम्म मात्र देशभर साना–ठूला गरी करिब १० हजार सात सय ४५ वटा दुर्घटना भएको र नौ सय १६ जनाले ज्यान गुमाएको बताए।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण