साझेदारी गर्नुहोस्

हिमाली जिल्ला दोलखामा यस वर्षको पहिलो हिमपात मंगलबार देखि पर्न थालेको छ। जिल्लाको माथिल्लो क्षेत्रकाे धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चोक क्षेत्रमा मंगलबार दिउँसोबाट हिमपात भएको छ भने, शैलुङ र जिरीको चेर्दुङमा पनि दिउँसो देखिनै आंशिक हिमपात हुन् थालेको स्थानीयले बताएका छन् ।