साझेदारी गर्नुहोस्

मुगुमा १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कार्यालयमा कार्यरत कार्यालय सहयोगीसहित ५ जना पक्राउ परेका छन् । जिल्लाको छायाँनाथ रारा नगरपालिकाकी किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कार्कीबाडाका ३० वर्षीय नगर प्रहरी वसन्तबहादुर कार्की, जिल्ला कृषि विकास कार्यालयका कार्यालय सहयोगरी २२ वर्षीय वसन्त रोकाया र १८ वर्ष मुनीका अरु तीन जना किशोरहरु रहेका छन् । सामूहिक बलात्कारको घटनामा ९ जना संलग्न रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न ४ जना अझै फरार छन् । फरार रहेकाहरु खोजी भइरहेको र उनीहरुविरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दायर गरेर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।