साझेदारी गर्नुहोस्

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको छ । निगमका अनुसार घटेको मूल्य आज राति ११ बजेबाट लागु हुनेछ । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १ सय ५६ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ ।

भारतबाट पछिल्लो समय मूल्य घटेर आएकाले समायोजन गरेको सोमबार विज्ञप्ति निकालेर जानकारी दिएको छ ।