साझेदारी गर्नुहोस्

काठमाडौं टुँडिखेलमा अत्यधिक भिडभाडमा धकेलाधकेल हुँदा च्यापिएर घाइते हुनेको संख्या ११ जना पुगेको छ । सोमबार माघी पर्व मनाउन ठूलो संख्यामा थारु र मगर समुदायका मानिसहरू भेला भएका छन् । अत्यधिक भिडमा धकेलाधकेल हुँदा ११ जना घाइते प्रहरीले जनाएको छ । फलामको गेट भत्किएर घाइते भएकाहरुलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको काठमाडौं प्रहरीका एसपी कुमोद ढुंगेलले जानकारी दिनुभयो । एसपी ढुंगेलका अनुसार घाइतेहरु सवै खतरामुक्त रहेका छन् । महोत्सवमा पस्ने र निस्कने क्रममा धकेलाधकेल हुँदा घाइते भएका हुन् ।