साझेदारी गर्नुहोस्

नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार सोमबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।