नेपाली टिभी सिरियल ‘सकस’लाई दर्शकले अत्याधिक रुचाएका छन् । राजु पौडेल ‘राजु मास्टर’को लेखन, निर्देशन र अभिनय रहेको टेली सिरियल ‘सकस’ अहिलेसम्म नौ एपीसोड प्रशारण भइसकेको छ । जसमा अन्तिम एपीसोड युट्युव ट्रेन्डिङको शीर्षस्थानमा पुगेको छ ।
सिरियलको यो एपीसोड २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको शीर्षस्थानमा पुगेको हो । शनिबार बेलुका मास्टर टीभी नाम युट्युब च्यानलबाट प्रसारण भएको हो सिरियल आइतबारदेखि ट्रेन्डिङको शीर्षस्थानमा पुगेको हो । २० घण्टामा चार लाख पटक हेरिएको छ ।






















