साझेदारी गर्नुहोस्

सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज ८ वर्ष कैद सजाय तोकेको हो ।

जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै आज इजलासमा बहस गरेका थिए ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने आदेश पनि भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको गत पुस १३ गते लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पुस २५ गते पेशी तोकेको थियो ।