नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी राष्ट्रियसभाको निर्वाचनमा एमालेले आफ्नो पार्टीलाई शून्यमा झार्ने प्रयास गरेको बताएका छन् । नकपा एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ल कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले राष्ट्रियसभाको निर्वाचनमा नेकपा समाजवादीलाई पाखा लगाएर सिटको बाँडफाँड गर्ने प्रयास केपी ओलीले गरेको बताएका हुन् । प्रचण्डसँग भेटेर ओलीले एमालेलाई ६ सिट मागेको उनले बताए । उनले एमालेको मति अझै सुध्रन नरहेको भन्दै कम्युनिष्टहरू मिलुन् मात्रै भनेर नहुने तर्क गरे । अध्यक्ष नेपालले अर्थतन्त्र सुधार लगायतका समस्या समाधान गर्दै मुलुकलाई अघि बढाउन प्रधानमन्त्रीलाई आवश्यक सुझाव दिएको बताए । उनले काम गर्ने मुख्य भूमिका रहेकाले प्रधानमन्त्रीले सुझावका आधारमा सुधारका काम गर्न सक्नुपर्ने धारणा राखे ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण