साझेदारी गर्नुहोस्

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दर्ता भएका उम्मेदवारीको आज र भोलि दाबीविरोध र उजुरीउपर छानबिन हुनेछ । माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार दाबीविरोध र उजुरी दिने कार्यतालिका थियो । तीउम्मेदवारविरुद्ध परेका दाबीविरोध र उजुरीमाथि आज र भोलि छानबिन गरिने निर्वाचन आयोगको कार्यसूची रहेको छ । निर्वाचन आयोगको कार्यसूची अनुसार आज र भोलि छानबिन गरेपछि उम्मेदवारको नामावली प्रकाशन हुनेछ । यसैगरि २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । यस्तै पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।