राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का प्रभावशाली नेता तथा समाजसेवी विनय रावलले मुटु राेगी थारू बालिकालाई आर्थिक सहयाेग गरेका छन् । मंगलबार बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं.१ खाेदाउ चाेककी रिसमान थारूकि १० वर्षीया छोरी क्षितिजा थारूलाई नेता रावलले २० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
मुटु रोगकि बिरामी क्षितिजालाई काठमाडौँ स्थित गंगालाल राष्ट्रिय हृदयराेग केन्द्र बासवारिमा गत पौष ०७ गते भर्ना गरिएको थियो । उनको जन्मजात मुटुमा प्वाल भएकाे र लामाे समयदेखि उपचार गराईरहेकाेमा पुनः अप्रेसन गर्नु पर्ने स्थिति सिर्जना भएकाले उनलाई अस्पतालमा भर्ना गरिएको थियो । तर उपचारका लागि आर्थिक अवस्था समस्या भएको भन्ने खबर सुन्ने बित्तिकै नेता रावलले उनलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेका थिए ।
यसो त रावल पछिल्लो समय सामाजिक सेवामा उत्तिकै सक्रिय रहदै आएका छन् । राप्रपाको केन्द्रिय सदस्य तथा केन्द्रीय सामाजिक बिभाग प्रमुख समेत रहेका रावल मानव सेवा नै सर्वोत्तम धर्म हो भन्ने मान्यतालाई अवलम्बन गर्दै आएका छन् । समाजसेवा संगै विकास प्रती चासो राख्ने रावल एक दुरदर्शि, उदारवादी , विकासवादी र समाजवादी चिन्तक भएका व्यक्ति हुन् । उनले हरेक दिन गरिब दुखी जनताको पक्षमा केहि न किहि काम गरिरहेका हुन्छन् । यसबाट पनि उनी समाज र नागरिकहरु प्रती कति उत्तरदायी छन् भन्ने कुरा प्रष्ट हुन्छ ।