मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई क्षेत्रका केही भूभागमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागको मौसम सफा रहने महाशाखाले बुलेटिनमार्फत जानकारी गराएको छ । यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मुलुकका केही स्थानमा बिहानीपख हुस्सु र कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाइ यातायातमा प्रभाव पर्न सक्ने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ । यस्तै, तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन सबैमा अनुरोध गरिएको छ ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण