साझेदारी गर्नुहोस्

राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत सोमबार उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । सोमबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।

७ वटै प्रदेशमा सत्तारुढ गठबन्धन, प्रमुख प्रतिपक्षी एमाले, राप्रपादलगायतका दलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरु मध्ये कांग्रेसबाट १० जना, माओवादीबाट ६ जना, नेकपा (एकीकृत समाजवादी)बाट २ जना, जनता (समाजवादी पार्टी)बाट एक जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिपक्षी एमालेले भने १९ वटै सिटमा उम्मेदवारी दिएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ९ जना उम्मेदवार खडा गरेको छ । यस्तै, नेकपाल मजदुर किसान पार्टीले बागमति प्रदेशमा ४ जना उम्मेदवार खडा गरेको छ ।

अहिलेसम्म प्राप्त विवरण अनुसार कुल ५१ जनाले उम्मेदवारी दिएका छन् ।

मंगलबार उम्मेदवारी उपर दाबीविरोध र उजुरी दिने समय तोकिएको छ भने २५ र २६ गते दाबी विरोधमाथि जाँचबुझ गरी २६ गते उम्मेदवारको नामावली प्रकाशन गरिने छ ।

पुस २७ गते नाम फिर्ता लिने समय दिइएको छ भने सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका छ