साझेदारी गर्नुहोस्

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन हुने बताउनुभएको छ । मन्त्री ज्वालाले विकास, निर्माणको काममा समस्या उत्पन्न गरेकाले त्यसलाई सरकारले छिट्टै समयानुकुल हुनेगरी परिमार्जन गर्नका लागि मन्त्रिपरिषद्मा पेस गरिएको पनि जानकारी दिनुभयो । नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिवार सानेपामा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आगामी संसद अधिवेशनमा त्यसलाई विधेयकमा रुपमा सरकारले पेस गर्ने समेत बताउनुभयो ।

विकासमैत्री ऐन मुलुकका लागि आवश्यक भएकाले पनि सरकारले सो ऐन बनाउने काममा ढिलाई नगर्ने मन्त्री ज्वालाको भनाई थियो । मन्त्री ज्वालाले यातायात व्यवसायीहरुको माग सम्बोधन हुनेगरी सार्वजनिक सडक सम्बन्धि कानून र सवारी तथा यातायात सम्बन्धि कानूनलाई नयाँ रुपमा अगाडि बढाउनु पर्छ भनेर आफू प्रयासरत रहेको समेत बताउनुभयो ।