साझेदारी गर्नुहोस्

सर्लाहीको बरहथवामा झडपको क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

बरहथवा नगरपालिका-६ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको विषयलाई लिएर भएकाे प्रदर्शनमा प्रहरीको गोली लागेर स्थानीय ३० वर्षीय जयशंकर साहको मृत्यु थियो।

यस विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले चासो व्यक्त गर्दै छानबिन समिति गठनको लागि निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै झडपमा मृत्यु भएका जयशंकर साहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने जानकारी गराएको हो।