साझेदारी गर्नुहोस्

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले धरानका मेयर हर्क साम्पाङ र धरानबासीहरुको मुक्तकण्ठले प्रशंसा गरेका छन् । शाहले हर्क साम्पाङबाट सांसदहरुले सिक्न जरुरी रहेको बताएका छन् ।

धरान नगरपालिकाको वार्षिकोत्सवमा शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई अतिथि बनाउने प्रयास असफल भएपछि मेयर साम्पाङले बालेन्द्रलाई निम्त्याएका थिए । हर्कको निम्तो मान्न धरान पुगेका शाहले मञ्चको राम्रोसँग उपयोग गर्दै धरानेहरुको खुलेर प्रशंसा गरे ।