साझेदारी गर्नुहोस्

सरकारले युद्धग्रस्त रूस र युक्रेनको श्रम स्वीकृति दिन बन्द गरेको छ । यसअघि यी मुलुकका लागि श्रम स्वीकृति दिँदै आएको थियो ।वैदेशिक रोजगार विभागले बिहीबार सूचना प्रकाशित गरी अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरेको जनाएको छ ।

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘हाल रसिया तथा युक्रेनबीच युद्ध भई रहेको तथा नेपाली नागरिकहरू रुसी सेनामा भर्ना भई युद्धमा दुःखद निधन भएको समाचारहरू विभिन्न समाचार पत्रमा आई रहेको सन्दर्भमा र यस विषयमा अध्ययन तथा छानबिन समेत भईरहेकोले वैदेशिक रोजगारीको सिलसिलामा संस्थागत वा व्यक्तिगत रुपमा नेपाली नागरिकहरु रसिया जाँदा हुन सक्ने थप क्षतिलाई न्यूनीकरण गर्न र यस विषयलाई मध्यनजर गरी हाललाई अर्को व्यवस्था नभएसम्म रसिया र युक्रेनका लागि श्रम स्वीकृति स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ ।’