साझेदारी गर्नुहोस्

भारतीय विदेशमन्त्री डा.एस जयशंकरले पशुपति पुगेर पूजा आरधना गरेका छन्। पशुपतिनाथ मन्दिरको दर्शन गर्न पाउँदा सौभाग्य प्राप्त भएको उनले बताएका छन्। सामाजीक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘हाम्रा दुई देशका जनता र भारत/नेपाल सम्बन्धको कल्याणको लागि प्रार्थना गरे।’ भारतीय विदेशमन्त्री जयशंकरले आज बिहान पशुपतिनाथको दर्शन गरेका हुन्। त्यस क्रममा उनले रुद्राक्षको विरुवा पनि रोपेका थिए।