साझेदारी गर्नुहोस्

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुद्धोधन गाउँपालिका-३ दोगाना चोकमा लु.३२ प १००९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक सोही गाउँपालिका-३ दोगाना बस्ने २५ वर्षीय प्रलाद थारूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।