साझेदारी गर्नुहोस्

नेपाली बजार बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार ५०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।

यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँ पुगेको छ ।