साझेदारी गर्नुहोस्

आन्दोलनरत पहिचानवादी पाँच संस्थाले आज बिहानैदेखि मेची राजमार्ग बन्द भएको छ। कोशी प्रदेशको नाम परिवर्तन गर्न माग गर्दै आन्दोलनरत समूहले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि मेची राजमार्गमा यातायात ठप्प भएको छ। आफ्ना कार्यकर्तालाई झुटो मुद्दामा प्रहरीले पक्राउ गरेको भन्दै उनको रिहाई माग गरी आज र भोलिका लागि मेची राजमार्ग बन्द आह्वान गरिएको हो।

बन्दका कारण बिहानैदेखि मेची राजमार्गमा छोटो र लामो दूरीका सवारी साधन चल्न सकेका छैनन्। पहिचानवादी पाँच संस्थाले संयुक्त रूपमा बन्दको आह्वान गरेका हुन्।