साझेदारी गर्नुहोस्

नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार मंगलबार छापावाल १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुन एक लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन  १ लाख २० हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।