राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई विभिन्न १० प्रश्न सोधेका छन् । शनिवार सामाजिक सञ्जाल मार्फत लामिछानेले सरकारलाई प्रश्न हस्रु सोधेका छन्।
•नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने ?
• ललिता निवास काण्डमा दोषी उम्काउने?
• सुन काण्डमा तस्करहरू रोजी रोजी जोगाउने ?
• एनसेल प्रकरणमा मिलेमतो गरी राज्यलाई ठग्ने?
• टेराम्याक्स घोटालामा संलग्नलाई कारबाही नगर्ने?
• वाइडवडी खरिद काण्ड, यती काण्ड, ओम्नी काण्ड, गिरि बन्धु काण्डका फाइल थन्क्याउने ?
• नारायणघाट -बुटवल, मुग्लिन- पोखरा लगायतका सडकहरू वर्षौँ अलपत्र पारि जनतालाई धुलोमा डुबाउने ?
• प्रधानमन्त्री र मन्त्री भने करोडौँ खर्चमा जहाजमा विदेश, हेलिकप्टरमा स्वदेश सयर गर्ने ?
यी त सरकारका नालायकीपनका केही प्रतिनिधि काण्ड हुन ।
हुँदा हुँदा.. पेट पाल्न विदेश जान्छु भन्ने गरिब श्रमिकलाई बिच सडकमा गोली हान्ने?
आज पीडित परिवारसँग कुरा गर्दा अत्यन्त विक्षिप्त भइयो। यो दर्दनाक अवस्थाबाट नेपालीले कहिले मुक्ति पाउने ?
लामिछाने अगाडि लेख्छन, देशभर रास्वपाले विरोध कार्यक्रमहरू सुरु गरेको छ। पुतला जलाएर होइन, पुतला सजाएर प्रश्न गर्छौ।
रास्वपा अब रोकिँदैन। यो देशको दुर्गति बनाउनेहरूको अब भण्डाफोर हुन्छ , हुन्छ।’