पाकिस्तानमा सन् २०२४ मा हुने आम निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खान उम्मेदवार बन्न नपाउने भएका छन् । पाकिस्तानको निर्वाचन आयोगले खानको उम्मेदवारी अस्वीकार गरेसँगै उनी उम्मेदवार बन्न नपाउने भएका हुन् | इमरान खान सन् २०२२ को अप्रिलमा प्रधानमन्त्री पदबाट हटाइए पछि राजनीतिक र कानुनी लडाइँमा फसिरहेका छन्। खानलाई प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा सरकारी उपहारहरू अवैध रूपमा बेचेको आरोप लगाइएको छ । जसका लागि उनलाई अगस्टमा तीन वर्षको जेल सजाय सुनाइएको थियो । खानलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका कारण आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचनमा उम्मेदवार हुन अयोग्य घोषित गरेको भएपनि उनले शुक्रबार उम्मेदवारी दर्ता गराएका थिए ।
ट्रेन्डिङ
- यी खानेकुरा हरु खाएर कम गर्न सकिन्छ कोलेस्ट्रोल
- हरियो सागपातमा पालक सबैभन्दा बहुमुखी हो, यस्ता छन् पालक खानुका फाइदाहरु
- चुकन्दर निकै उपयोगी फल हो, चुकन्दर खानु को फाइदाहरु ?
- घाम बाहेक यी खानेकुरा बाट पाउन सकिन्छ भिटामिन डि
- यी १० खाने कुरा जाडोमा खानु पर्दछ
- अध्ययन अनुसार के छ त स्याउ खानुको फाइदाहरु ?
- रुसि सेनामा भर्ती हुन पुगेका शुन्दर मोक्तानको मृत्युको खबरले परिवार शोकमा
- काठमाडौं को तरकारी तथा फलफुल ब्यापारीमा कोरोना सन्क्रमण