साझेदारी गर्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहालसँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारले भेट गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको उक्त भेटमा प्रधानमन्त्री दाहालले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्रिपरिषद् बैठकले उक्त घटनामा निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । सरकारका तर्फबाट मृतकका परिवारलाई प्रतिपरिवार रु दश लाख राहत उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।