साझेदारी गर्नुहोस्

सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई १०- १० लाख रुपैयाँ दिने भएको छ ।  मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको आज गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

 

शुक्रबार बालकुमारीमा भएको प्रदर्शनमा मृत्यु हुनेमा डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेखका २३ वर्षे सुजन रावत छन् । यसैबीच सरकारले प्रहरी नायब उपरीक्षक डीएसपी उमेश जोशी र मन्त्री प्रकाश ज्वालाका पीएसओ प्रहरी नायब निरीक्षक सई बोधराज दनुवारलाई निलम्बन समेत गरेको छ ।