साझेदारी गर्नुहोस्

सातै प्रदेशका मुख्यमन्त्रीहरूले संघीयता कार्यान्वयन गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् | शुक्रबार हेटौंडामा बसेको बैठकले गरेका निर्णय बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई बुझाउँदै संघीयता कार्यान्वयनका लागि दबाब दिएका हुन् । उनीहरूले संघीयता कार्यान्यन र सविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन।संघीय सरकारले कानून नबनाइदिँदा समस्या परेको भन्दै मुख्यमन्त्रीहरुले बारम्बार असन्तुष्टि जनाउँदै आएका छन् ।