साझेदारी गर्नुहोस्

प्रदेशको सरोकार सङ्घ सरकारले सम्बोधन नगरेमा सङ्घर्ष गर्ने चेतावनी दिएका मुख्यमन्त्रीहरुले आज प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दैछन् । मुख्यमन्त्रीहरुले प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्नका लागि प्रधानमन्त्रीलाई भेट गर्दैछन्।

शुक्रबार बागमती प्रदेशको हेटौँडामा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री बैठकले संघ सरकारले प्रदेश सरकारलाई दिनुपर्ने अधिकारहरु हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको हो ।