पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारीको घटनाले गृह मन्त्रालयको असक्षमता फेरि एकपटक उदांगो भएको प्रतिक्रिया दिएका छन् । बालकुमारीमा शुक्रबार प्रहरीको लाठीचार्जबाट दुई जनाको प्रदर्शनकारीको ज्यान गएको घटनामा आफू मर्माहत भएको लामिछानेले बताएका छन् ।
हेर्नुहोस् लामिछानेको प्रतिक्रिया–
आज बालकुमारीमा भएको घटनाले गृह मन्त्रालयको अक्षमता फेरी एकपटक उदाङ्गो भएको छ। दुई होनहार युवा देश छाड्न खोज्दै थिए, संसार छाड्नु पर्ने बनाइ दिए। यो राज्यले गरेको हत्या हो, जुन राज्यका गृहमन्त्री सर्वहारा वर्गको नारा लगाउँदै त्यो पदमा पुगेका हुन् ।
आज भएको घटनाको दोष अहिलेका सत्तामा भएका सबैले लिनुपर्छ ।