जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।
उनको सजायका लागि पुस २५ मा पेसी तोकिएको छ ।लामिछानेले पीडितलाई नगरकोट घुमाएर काठमाडौंमा ल्याई होटलमा राखेर करणी गरेको अदालतले ठहर गरेको छ ।