साझेदारी गर्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको गठबन्धन झनै बलियो भएको बताउनुभएको छ । गोरखाको सुलिकोट गाउँपालिकाले गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले गठबन्धन पाँचै वर्ष जाने दाबी गर्नुभयो ।

दाहालले ‘जति षडयन्त्र बलियो हुन्छ त्यतिनै गठबन्धन बलियो हुने दाबी गर्नुभयो । गठबन्धन कमजोर बनाउन धार्मिक द्वन्द्व सिर्जना गर्न खोजिएको प्रधानमन्त्री दाहालको भनाइ छ । उहाँले ‘गठबन्धनका विरुद्ध विभिन्न षडयन्त्र र धार्मिक द्वन्द्व सिर्जना गरियो तर उनीहरुले जतिसुकै बल गरेपनि केही नहुने बताउनुभयो ।