साझेदारी गर्नुहोस्

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले २०८४ को निर्वाचनमा वामपन्थी शक्तिलाई सिध्याउने योजना बनिरहेको बताएका छन् । उनले देशलाई नै तरंग दिनेगरी पार्टी निर्माणको लागि छलफलमा जुट्न आग्रह गरे ।

ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै एकजुट भएर अघि नबढे गाह्रो पर्ने भन्दै चिन्ता व्यक्त गरे ।

उनले भने, ‘कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नतिर लागेनौं भने ०८४ को चुनाव सम्झिनुस् । ०८४ को चुनावमा वामपन्थीहरूलाई धुल्याउने योजना छ । यो बुझिराख्न आवश्यक छ । हामीले अहिलेदेखि नै तयारी गर्नुपर्छ । कुन बाटो हिँड्दा सही हुन्छ त्यो गर्न सकेनौं भने गाह्रो हुन्छ ।’