साझेदारी गर्नुहोस्

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुले मुलुकमा षड्यन्त्रका तानावाना बुनिरहेको बताएका छन्।बुधवारबाट काठमाडौंमा शुरु भएको पार्टी केन्दिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरुले संविधानमाथि आक्रमण गर्ने काम फेरि शुरु गरेकाले राजनीतिक दलहरुले फेरी गम्भिर भएर अघि बढ्नुपर्ने आवश्यक्ता पनि औंल्याए। उनले मुलुकलाई फेरि संकटबाट जोगाएर अघि बढनका लागि समाजवादी मोर्चामा आवद्ध सबै दलहरु एकतावद्ध भएर अघि बढ्न सहमत रहेको दावी समेत गरे। समाजवादी मोर्चाको संयोजकको हैसियतले आफूले त्यहाँ भित्र पनि मुलुकको जटिल राजनीतिक परिस्थितिको बारेमा छलफल भित्र्याएको र त्यसको समाधानका लागि मोर्चामा आवद्ध सबै दलहरु एकभएर अघि बढन सहमत रहेको अध्यक्ष नेपालले बताए। उनले संविधान जोगाउनका लागि आफूहरुले विगतमा एमालेभित्रैबाट बिद्रोह गर्नुपरेको र त्यसमा सफलता हात लागेको जिकिर समेत गरे।