साझेदारी गर्नुहोस्

आज राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङ कालिका भगवती मन्दिरमा पूजाआराधना गरेका छन् । सातौँ बागलुङ महोत्सव उत्घाटनका लागि बागलुङ आएका राष्ट्रिपति पौडेलले कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाआराधाना गरेका हुन् ।

मन्दिरका मूल पूजारी जयबहादुर खड्काबाट करिब २० मिनेट पूजा आराधनापछि राष्ट्रपति पौडेललाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए ।

राष्ट्रपति नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे बागलुङ बजार आइपुगेका थिए । राष्ट्रपति पौडेललाई प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालल लगायतको टोलीले स्वागत गरेका थिए ।