साझेदारी गर्नुहोस्

शाहरुख खानको फिल्म ‘डंकी’ले पाँचौं दिन भारतमा २२ करोड ५० लाख भारुको व्यापार गरेको छ । भारतीय बक्स अफिसमा अहिलेसम्म ‘डंकी’को कुल कलेक्सन १२८ करोड १३ लाख रुपैयाँ छ ।

‘डंकी’ सलारभन्दा एक दिनअघि बिहीबार रिलिज भएको थियो । विश्वव्यापी कमाइको कुरा गर्दा ‘डंकी’ले चौथो दिन ५४ करोड भारु कमाएको थियो । कुल चार दिनमा यसको विश्वव्यापी कलेक्सन २११ करोड रुपैयाँ पुगेको थियो । व्यापार विज्ञहरुका अनुसार फिल्मले अहिले विश्वभर २५० करोडको आँकडा पार गरिसकेको छ ।