साझेदारी गर्नुहोस्

नयाँ धान कुटेर बनाएको चामलको पिठोलाई माछाको जस्तो स्वरूप बनाएर त्यस भित्र चाकु, तिल, खुवा राखेर पानीको बाफबाट यःमरि बनाइन्छ । यो तेल या अन्य चिल्लोपना नभएको परिकार स्वास्थ्यका हिसाबले हितकारी छ । यःमरि अत्यन्तै स्वादिष्ट हुन्छ, मैदाको पिठो भित्र तरकारी र मासुका किमा हालेर मःमः बनाए झैँ यःमरिलाई पनि पानीको बाफमा पकाउने गरिन्छ 

यःमरि किन माछाको जस्तो आकार दिएर बनाइन्छ ?
यःमरिको त्रिकोणात्मक आकारले षट्कोणको अर्ध भागको रूपमा ज्ञानकी देवी सरस्वतीको प्रतिबिम्बको रूपमा लिने गरिन्छ ।

नेवार समुदायमा प्रचलित कथाअनुसारः धनका राजा कुबेर भेष बदलेर बाटोमा हिँडिरहेको बेलामा उनलाई सत्कार स्वरूप यःमरि खान दिइएको र त्यसपछि कुवेरले प्रसन्न भएर धनधान्यले अपार वरदान दिएको मानिन्छ ।

आजको दिन अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा यःमरि चढाउने परम्परा चली आएको हो  ।