साझेदारी गर्नुहोस्

राप्रपाका महामन्त्री धवलशमशेर राणाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पदमुक्त गराइने छाड्ने बताएका छन् ।  क्रिसमस फेस्टिभलका अवसरमा गत बुधबार मन्त्री किरातीले दिएको अभिव्यक्तिको विरोध जनाउँदै सोमबार सनातन धर्मावलम्बी समूहले काठमाडौंमा गरेको प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै महामन्त्री राणाले सडकबाटै मन्त्री किरातीलाई पदमुक्त गराइने छाड्ने उद्घोष गरेका हुन् । उनले देशमा हिन्दुराष्ट्र सहितको राजतन्त्र नआएसम्म सडकमा प्रदर्शन जारी राख्ने उल्लेख गरे ।