साझेदारी गर्नुहोस्

सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पाल्पा सडकखण्ड यही पुस १६ गतेदेखि एक सय दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ । राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधनलाई सन्चालनमा रोक लगाइने भएको हो । जिल्ला प्रशासन कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकको निर्णय अनुसार पुस १६ गतेदेखि एक सय दिनसम्म सवारी साधनको आउ-जाउ बन्द गरेर सुरुङमार्ग निर्माणको काम गर्न लागिएको हो |

२०८०।०९।१६ गते सोमबारदेखि १०० दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म लागू हुने गरी सवारी साधन आवतजावत बन्द हुने।