राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रभावशाली नेता तथा समाजसेवी विनय रावलले भूकम्प पीडितहरुका लागि पुनः ज्याकेट तथा केही नगद रकम सहयोग गरेका छन् ।
आइतबार पार्टीका सह-महामन्त्री साैरेन्द्र बहादुर शाह मार्फत नेता रावलले एक सय थान न्यानाे ज्याकेट संगै २५ हजार रुपैयाँ नगद सहयोग गरेका हुन् ।

“मानव सेवा नै सर्वाेत्कृष्ठ धर्म हाे ” भन्ने मान्यतालाई आत्मसात गर्दै आएका नेता रावल, राजनीतिका साथै समाजसेवा पनि उत्तिकै सक्रिय छन् । उनले यस अघि पनि भूकम्प पीडितहरुका लागि थुप्रै सहयोग गरिसकेका छन् । भूकम्प प्रभावित क्षेत्रका पीडितहरुले चिसोका कारण ज्यान गुमाइरहेका खबरहरु सार्वजनिक हुनथालेपछी नेता रावलले दु:ख व्यक्त गर्दै पुनः सहयोग गरेका हुन् । उक्त सहयोग लिएर पार्टीका सह-महामन्त्री साैरेन्द्र शाहको टिम सोमबार जाजरकोट जाने तयारीमा छ ।
रावल राप्रपाको केन्द्रीय सदस्य तथा केन्द्रीय सामाजिक विभाग प्रमुख समेत हुन् ।






















