रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । नेपाली राहदानी भएका कुन्दन सिंह नागलको मृत्यु भएको जानकारी पाएको परराष्ट्र मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
परराष्ट्र मन्त्रालयले हालसम्म रुसी सेनामा कार्यरत ७ जना नेपालीको मृत्यु भएको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइते लगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसस्थित नेपाली दूतावासलाई आग्रह गरेको छ । त्यसैगरी, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन राजदूत मार्फत रुसी सरकारलाई पुन:अनुरोध गरिएको मन्त्रालयले जानकारी दिएको छ । रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बर्दियाको राजापुर गाउँपालिका-१ का विवेक खत्री, काभ्रेको मण्डन देउपुर नगरपालिका-६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका-२ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका-८ का प्रतिक पुन बेपत्ता छन् । युक्रेनमा बन्दी बनाइएका यी चार जनालाई फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको छ ।
साथै उनीहरुको रिहाइ र नेपाल फिर्तीको लागि रेडक्रसको अन्तर्राष्ट्रिय संस्था र अरु माध्यमबाट पनि कुटनीतिक पहल गरिएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ । सरकारले सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न बाहेक अरु नेपालीले रुस यात्रा गर्नुपरेमा नो अब्जेक्सन लेटर लिएर मात्र जान आग्रह गरेको छ ।