नेपाली कांग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले समयमा सक्ने भनेर सुरु गरेका विकास निर्माणका काममा अवरोध पुर्याउने सबैभदा ठूलो निकाय सरकार नै रहेको बताउनुभएको छ । बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा बोल्दै सांसद थापाले यस्तो बताउनुभएको हो । उहाँले सुरुङ निर्माणका लागि बिष्फोटक पदार्थको कुरा राजनीतिक तवरबाट नटुंगिकन सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था नरहेको बताउनुभयो ।
सांसद थापाले खोकनाको फास्ट ट्रयाक टुंग्याउन मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने बताउनुभयो । उहाँले अहिलेकै काम जस्ताको त्यस्तै गरेर २०८३ सम्म योजना सम्पन्न नहुने बताउनुभयो । फरक प्रसंगमा सांसद थापाले सार्वजनिक लेखा समिति सभापति ऋषिकेस पोखरेलले दिएको अभिव्यक्ति सामान्य रुपमा लिन नहुने बताउनुभयो । उहाँले आज नै सभामुख देवराज घिमिरेलाई भेटेर यसबारेमा छलफल गर्नुपर्नेमा जोड दिनुभयो । सांसद थापाले यस्ता अभिव्यक्तिले संसद र सांसदको मा मर्दन हुने जिकिर गर्नुभयो ।