साझेदारी गर्नुहोस्

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएका सबै ६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।सर्वोच्च अदालतको न्यायाधीश पदमा न्याय परिषदले सिफारिस गरिएका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई बुधबार बसेको सुनुवाइ समितिको बैठकले सर्वसम्मतिले अनुमोदन गरेको जनाइएको छ । राष्ट्रपतिबाट शपथ ग्रहण गरेपछि सबै ६ जनाले सर्वोच्च अदालतको न्यायाधीशका रूपमा औपचारिक रुपले काम सुरु गर्नेछन् ।