गृह मन्त्रालयले एकैपटक १६ जना प्रमुख जिल्ला अधिकारीसहित २५ जनाको सरुवा गरेको छ । सहसचिव भरत खनाल मन्त्रालयबाट सिन्धुलीको प्रजिअ बनेका छन् । यस्तै प्रेम प्रसाद भट्टराई मन्त्रालयबाट मोरङको सिडिओमा सरुवा भएका छन् । आनन्द काफ्ले गृहबाट पाल्पाको सिडिओ बनेका छन् ।
राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागका महानिर्देशक झक्क प्रसाद आचार्य सिन्धुपाल्चोकको सिडियो बनेर सरुवा भएका छन् । जयनारायण आचार्य मन्त्रलायबाट सुनसरीको सिडिओ बनेका छन् ।

















