साझेदारी गर्नुहोस्

पूर्व गृहमन्त्री बालकृष्ण खाण थुनामुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएसँगै खाण ७ महिनापछि थुनामुक्त भएका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त खाण वैशाख २७ गते पक्राउ परेका थिए । बिहीबार उच्च अदालत पाटनले खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।मंसिर १५ गते न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाखमा छाड्न आदेश गर्दा उनीसँग न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाखमा छाड्न सहमत भएसँगै उनको रिहाइ प्रक्रिया सुरु गरिएको थियो ।